मधेसी, जनजाति र विपन्न वर्गको उत्थानका लागि प्रतिबद्ध छौं : लोसपा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

मधेसी, जनजाति र विपन्न वर्गको उत्थानका लागि प्रतिबद्ध छौं : लोसपा

काठमाडौं । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेसी, जनजाति र विपन्न वर्गको उन्थानका लागि प्रतिबद्ध रहेको जनाएको छ ।

अध्यक्ष महन्थ ठाकुरले शुक्रबार विज्ञप्ति जारी गरेर भनेका छन्–‘लोकतान्त्रिक समाजवादी पार्टी आफ्ना आदर्श र मधेशी, थारु, आदिवासी, जनजाति, मुस्लिम, शिल्पी (दलित) पछाडि पारिएका खस लगायत सिमान्तिकरणमा पारिएका सबैको उत्थान र विभेदबाट उन्मुक्तिको अभियानप्रति सम्पूर्ण निष्ठाका साथ प्रतिवद्ध रहने छ ।’

ठाकुरले नेपालको जनताको विविधताको सम्मान, तीनलाई हरेक राजकीय क्षेत्रमा सहभागिताको समान अवसरले नै बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त सशक्त राष्ट्रिय एकताको एकमात्र आधार हो भन्ने तथ्यलाई लोसपाले आत्मसात गर्ने र आफ्नो यात्राको मूल लक्ष्य निर्धारित गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा उल्लेख गरिएको छ–‘लोकतन्त्र र समाजवादी लोक कल्याणकारी संघीय, समावेशी राज्यप्रति पूर्ण प्रतिबद्धताका साथ उदित भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको स्थापनाको अवसरमा देशभरीका सम्पूर्ण लोकतन्त्रवादी, समानता, विविधता, समावेशिता पहिचान, सम्मानको निम्ति संघर्षरत उत्पीडित सबै क्षेत्र र वर्गको राज्य प्रणालीमा सहभागिता सहितको लोकल्याणकारी संघीय राज्यका समर्थक सबैबाट प्राप्त सहयोगको लागि हार्दिक आभार अभिव्यक्त गर्दछौं । ’

पार्टीको सफल सञ्चालन तथा उपलब्धिपूर्ण अभियानको निम्ति सम्पूर्ण सहयोग, समर्थन र सहभागिताको निम्ति अध्यक्ष ठाकुरले किसान, मजदुर, महिला बुद्धिजीवी, कर्मचारी, युवा, विद्यार्थी, सबैमा अपिलसमेत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);