एसियाली खेलकुद : नेपाल जापानसँग १-० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एसियाली खेलकुद : नेपाल जापानसँग १-० ले पराजित

nepalvsjapan

काठमाडौं, ३० साउन । एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा नेपाल जापानसँग १–० ले पराजित भएको छ । नेपाली यू–२३ फुटबल टोलीले जापानसँग १–० को सम्मानजनक हार बेहोरेको हो ।

जकार्ता सबर्सस्थित विबावा मुक्ति स्टेडियममा भएको खेलमा नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले विपक्षीका दर्जनौं प्रयास विफल तुल्याएपछि जापानले गोलअन्तर बढाउन नसकेको हो । उपाधि दाबेदार मानिएको जापानले सातौं मिनेटमा गोल गर्दै उत्कृष्ट सुरुआत पाएको थियो । काओरु मिटोमाले पेनाल्टी क्षेत्रभित्र डिफेन्सको गल्तीमा फाइदा उठाउँदै सहजै गोल गरेपछि नेपाल पछाडि परेको थियो ।

दोस्रो हाफमा थप आक्रामक देखिएको जापानको प्रयासमा गोलरक्षक किरण बाधक बनिरहे । ६७ औं मिनेटमा जापानले सुनौलो मौका पायो । अयासे उयदाको शक्तिशाली प्रहार किरणले बिफल तुल्याए । उक्त बचाउबाट फर्केको बल कोजी मियोशीले पोस्टको दिशा दिए पनि किरणले लगातार दोस्रो बचाउ गरे ।

नेपाल रहेको समूह डी कै अर्को खेलमा भियतनामले पाकिस्तानलाई ३–० ले पराजित ग¥यो । नेपालले बिहीबार शीर्षस्थानको भियतनामको सामना गर्नेछ । नेपालले समूहको अन्तिम खेल पाकिस्तानविरुद्ध आइतबार खेल्नेछ । समूहका शीर्ष दुई टोलीसँगै ६ समूहमध्ये तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट ४ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);