क्यान निलम्बन फुकुवाकाे तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

क्यान निलम्बन फुकुवाकाे तयारी

can-logo

काठमाडौं, २८ साउन । क्रिकेट विवाद समाधान गरी नेपाल क्रिकेट संघ क्यान निलम्बन फुकुवाका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बनाएका मनिटरिङ कमिटीको बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंको सोल्टी होटलमा जारी कमिटीको बैठक मंगलबारसम्म चल्नेछ । बैठकले क्यानको सुल्झाउन बाँकी विवादका बारेमा अन्तिम निर्णय लिने अपेक्षा गरिएको छ ।

मूख्य गरी जिल्ला संघहरुको अधिवेशनबारेको असन्तुष्टिमा बैठक केन्द्रित रहनेछ । कमिटीले साउन १० गते सार्वजनिक सूचना जारी गरी जिल्ला संघको अधिवेशनबारेको प्रमाणिकरण पेश गर्न भनेको थियो ।

निर्वाचित क्यानले जिल्लाको अधिवेशन स्वीकार गर्न माग गरिरहेका बेला आईसीसीले भने गत बैशाखमा संशोधन गरिएको बिधान अनुरुपको निर्वाचनलाई मात्र मान्यता दिने बताएको छ ।

यी लगायतका अन्य विवाद समाधान गरी क्यान निलम्बनको फुकुवाका लागि सकारात्मक निर्णय लिने कमिटीका सदस्य एलबी क्षेत्रीले जानकारी दिए ।

आईसीसीले बनाएको मोनिटरिङ कमिटीमा राष्ट्रिय खेलकुद परिषदका १, निलम्बित क्यानका १ र आईसीसीका तीनजना प्रतिनिधि छन् । राखेपबाट एलबी क्षेत्री, निलम्बित क्यानबाट ठाकुर प्रताप थापा (रइस) र आईसीसीबाट अमर शेख, मोहम्मद अली र नितिश कोठारी छन् ।

निर्वाचित क्यानले आईसीसीको म्याण्डेटअनुसार बिधान संशोधन गरेपछि बाँकी विवाद समाधानका लागि आईसीसीले मनिटरिङ कम्पनी गठन गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);