आईसीसीद्वारा 'क्यान'लाई चुनाव गर्न ५० दिनको समय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

आईसीसीद्वारा ‘क्यान’लाई चुनाव गर्न ५० दिनको समय

Nepal-Cricket-And-icc

काठमाडौं, २७ माघ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विधान संशोधन गरेर चुनाव गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई ५० दिनको समय दिएको छ ।आईसीसीको बोर्ड बैठकले नेपाललाई विधान संशोधन गर्न मार्च अन्तिमसम्मको समय दिएको हो ।

अब निर्वाचित क्यानले तत्काल साधारणसभा बोलाएर सल्लाहकार समूहमा भएको सहमतिअनुसार क्रिकेट संघको विधान संशोधन गर्नु पर्नेछ । आईसीसीले विधान संशोधन भएर मार्च अन्तिमसम्ममा जिल्ला, प्रदेश र केन्द्रको चुनाव भइसक्ने अपेक्षा गरिएको बताएको छ । आईसीसीले आगामी जुनमा हुने आईसीसीको साधारणसभामा नेपालको सदस्यताबारे निर्णय गर्नका लागि चुनावी प्रक्रिया मार्च अन्त्यसम्ममा पूरा हुने अपेक्षा राखिएको बताएको छ ।

अहिले ललितपुर र भक्तपुर बाहेक सबै जिल्लाको चुनाव भइसकेको छ । हालै नेपाल आएको आईसीसीको टोलीले विधानमा देखिएको विवादबारे जानकारी लिएको थियो । लगत्तै राष्ट्रिय खेलकुद परिषद्, निर्वाचित क्यान र सल्लाहकार समूहका संयोजकले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी क्रिकेट विवाद समाधानको मिलन बिन्दु पत्ता लगाएको घोषणा गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);