गर्ल्स फुटसलको उपाधि भीमेश्वरलाई उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गर्ल्स फुटसलको उपाधि भीमेश्वरलाई उपाधि

काठमाडौं । भीमेश्वर एकेडेमीले जुनियर गर्ल्स फाइभ ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।नेसनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा भीमेश्वरले अर्किडलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । निर्मल ज्योतिले तेश्रो स्थानमा चित्त बुझायो ।माडे स्कुलले अनुशासित टिमको ट्रफी हात पा¥यो । खेल निर्णायक संगिता सुनुवार र दिलकुमार तामाङले सञ्चालन गरेका थिए ।विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, आयोजकका अध्यक्ष अमृत खड्का, प्रतियोगिता संयोजक रञ्जन न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको अर्किडका सञ्चालक प्रेमकुमरा भुजेलले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);