टुब्रोग प्रथम विशाल मेमोरियल गोल्डकपको उपाधि त्रिभूवन आर्मीलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

टुब्रोग प्रथम विशाल मेमोरियल गोल्डकपको उपाधि त्रिभूवन आर्मीलाई

सफल खतिवडा १६ बैशाख वीरगञ्ज ।
वीरगञ्जमा जारी प्रथम टुब्रोग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको उपाधि नेपाल आर्मी क्लबले उचालेको छ । फाइनलमा आर्मीले सिएमजी क्लब संकटलाई २–० ले पराजित गरेको हो । नारायणी रंगशालामा

टुब्रोग प्रथम विशाल मेमोरियल गोल्डकपको उपाधि त्रिभूवन आर्मीलाई

 

सफल खतिवडा १६ बैशाख वीरगञ्ज ।

वीरगञ्जमा जारी प्रथम टुब्रोग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको उपाधि नेपाल आर्मी क्लबले उचालेको छ । फाइनलमा आर्मीले सिएमजी क्लब संकटलाई २–० ले पराजित गरेको हो । नारायणी रंगशालामा शनिबार भएको फाइनलमा खेलमा आर्मीका लागि जर्सी नं. ३० का जर्ज प्रिन्स कार्कीले दोश्रो हाफको २२ औ र २५ औं मिनेटमा गोल गरेका थिए । उनी खेलका म्यान अफ द म्याच घोषित हुँदै नगद दश हजार हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट पनि आर्मीका जर्ज प्रिन्स कार्की नै घोषित भए ।

 

उनले एकथान सुजीकी मोटरसाइकल प्राप्त गरेका छन् । दुवै टोलीले आक्रमक खेल प्रस्तुत गरेपनि पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल भएको थिएन । कप्तान भरत खवासको नेतृत्वमा उत्रेको त्रिभूवन आर्मी क्लबले उपाधि सहित नगद पाँच लाख प्राप्त गरेको हो । उपविजेता संकटाले दुईलाख ५० हजार नगद सहित ट्रफी पुरस्कार मै चित्त बुझाउनु प¥यो । बैशाख ९ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्रको एपीएफ, वीगरञ्ज यूनाइटेड, नव जनजागृति यूवा क्लब सहित ८ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);