उसु टोली इन्डोनेसिया जाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उसु टोली इन्डोनेसिया जाने

काठमाडौं। आठौं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली उसु टोली शनिबार इन्डोनेसियाको वेन्टेम प्रस्थान गर्ने भएको छ।

३ देखि ११ डिसेम्बरसम्म हुने प्रतियोगितामा एक : एक पुरुष : महिला खेलाडीले थाउलोको स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । पुरुष नान् छ्वान, नान गुन र नान दाउमा एलिश मरिक तथा महिला छाङ छ्वान, चेन सु र छियान्सुमा अलिशा खातीले कौशल प्रस्तुत गर्ने छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव अञ्जन धमला, नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ, महासचिव लाक्पा छिरिङ शेर्पालगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);