अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र

काठमाडौं। विवेकशील साझा पार्टीले आम निर्वाचन २०७९ मा समानुपातिकतर्फ जम्मा ७८९ मत पाएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार उक्त पार्टीले समानुपातिकमा एक हजार मतसमेत कटाउन सकेको देखिँदैन । २०७४ को निर्वाचनमा समानुपातिकतर्फ दुई लाख १२ हजार ३६४ मत ल्याएको सो पार्टीले यसपटक भने कुल ७८९ मत प्राप्त गरेको हो ।

केही महिनाअघि मात्र उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सिट जितेर समानुपातिकतर्फ ११ लाख १९ हजार ९९६ मत ल्याउँदा विवेकशील साझाले प्रत्यक्षतर्फ समेत खाता खोल्न सकेन । कुनै बेला वैकल्पिक राजनीतिको प्रवर्द्धन गर्ने भन्दै सक्रिय रहेको पार्टी यसपटकदेखि पतनको बाटोतर्फ उन्मुख देखिएको छ ।

Leave a Reply

ताजा समाचार