कतार विश्वकपमा कुन देश नकआउट चरणमा प्रवेश गरे कुन बाहिरिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

कतार विश्वकपमा कुन देश नकआउट चरणमा प्रवेश गरे कुन बाहिरिए

एजेन्सी,१४ मंसिर। कतारमाजारी विश्वकप फुटबलमा रोचक परिणामहरु आइरहेका छन् । फुटबल महाशक्तिलाई नै पराजित गरेर केही देशहरुले सनसनी मच्चाएका छन् । तर, त्यस्ता टोलीले कमजोर आँकल नगरिएका टोलीसँग पराजयव्यहोरे। विश्वकप  जितिसकेका फ्रान्स, ब्राजिल र इंग्ल्यान्ड अघिल्लो चरणमा प्रवेश गरेका छन् । पोर्चुगल, नेदरल्यान्ड, सेनेगल र अमेरिका पनि नकआउट चरणमा प्रवेश गरे।

एशियालीदेश इरान समूह चरणबाट बाहिरिएको छ। आयोजककतारले पनिकुनै खेल नजिती नकआउट चरणको प्रवेशको सम्भावना समाप्त गरेको छ । क्यानडा, इक्वेडर र वेल्स पनि बाहिरिएका छन् ।

एशियालीदेशहरु साउदी अरेबिया, दक्षिण कोरिया र जापानको सम्भावना जिवितै छ। तर, उनीहरुको चुनौती कठिन छ । अष्ट्रेलियाले पनि अघिल्लो चरणमा प्रवेशका लागि समूह चरणको अन्तिम खेल जित्नै पर्ने वाध्यता छ ।
अर्जेन्टिना, जर्मनी, स्पेन जस्ता विश्वकपविजेता भइसकेका देश पनि कठिन संघर्षमा छन् ।

नकआउट चरणमा प्रवेश पाएका देश:

फ्रान्स
ब्राजिल
पोर्चुगल
नेदरल्यान्ड्स
सेनेगल
अमेरिका
इंग्ल्यान्ड

समूह चरणबाट बाहिरिएका देश
कतार
क्यानडा
इक्वेडर
इरान
वेल्स

नकआउट चरणमा प्रवेश पाउन संघर्षरत

अर्जेन्टिना
अष्ट्रेलिया
बेल्जियम
क्यामरुन
कोस्टारिका
क्रोएशिया
डेनमार्क
जर्मनी
घाना
जापान
मेक्सिको
पोल्यान्ड
साउदी अरेयिबा
सर्विया
दक्षिण कोरिया
स्पेन
स्वीटजरल्यान्ड
ट्युनिसिया
उरुग्वे

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);