आजबाट समूह चरणका अन्तिम खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आजबाट समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौं, ११ असार । विश्वकप फुटबल अन्तर्गत आजबाट समुह चरणका अन्तिम खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत आज ४ खेल हुँदैछ । तेस्रो चरणको खेल पछि नै कुन टोली अर्को चरणमा प्रवेश गर्ने भन्ने टुंगो लाग्छ । तथापी केही टोली भने अन्तिम खेल अघि नै अघिल्लो चरणमा प्रवेस गरिसकेका छन् ।

आज नेपाली समय अनुसार राती ७ः४५ बजे सुमह ’ए’ का दुई खेल हुँदै छ । यस समुहबाट साउदी अरेबिया र इजिप्ट तथा उरुग्वे र रुस प्रतिष्पर्धा गर्दैछन् ।

रुस र उरुग्वे दुबै नकआउट चरणमा प्रवेश गरिसकेकाले आजको खेल समूह विजेता टुंगो लगाउन निर्णायक हुनेछ । इजिप्ट र साउदीले भने प्रतिष्ठाका लागि खेल्नेछन् ।

त्यस्तै राति १०ः५४ बजे हुने समुह ’बी’ अन्तर्गत दुई खेल हुँदै छ । जसमा इरान र पोर्चुगल तथा स्पेन र मोरक्को आमनेसामने हुनेछन् । मोरक्कोका लागि आजको खेल अन्तिम हुने पक्का भए पनि बाँकी तीनमध्ये कुन एक टोली मोरक्कोसँगै घर फर्कदैछ भन्ने आजको खेलबाट टुंगो लाग्छ ।

मोरक्कोलाई पराजित गर्न सके वा बराबरी खेलेमा पनि स्पेन अघि जानसक्छ भने पोर्चुगललाई पनि इरानसँग जित्नै पर्ने दबाब छ । यस्तै पोर्चुगललाई हराउन सके इरान पनि अघिल्लो चरणमा पुग्ने सम्भावना छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);