विश्वकप फुटबल : नकआउट चरणका खेल आजदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्वकप फुटबल : नकआउट चरणका खेल आजदेखि

argentina-vs-france\

एजेन्सी, १६ असार । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत नकआउट चरणका खेल आज सुरु हुँदै छन् । दुई पटकको विश्वविजेता अर्जेन्टिनाले फ्रान्ससँग राति ७ः४५ बजे तथा पोर्चुगलले उरुग्वेसँग राति ११ः४५ बजे प्रतिस्पर्धा गर्दै छन् ।

अर्जेन्टिना र फ्रान्सबीचको खेल कजन एरेना रंगशालामा हुने छ । अर्जेन्टिना समूह चरणमा जम्मा एउटा खेलमा जित निकालेर नकआउट चरणमा प्रवेश गरेको हो । फ्रान्सले भने दुई खेलमा जित र एक खेलमा बराबरीसहित समूह विजेताका रुपमा नकआउट चरणको टिकट काटेको हो । दोस्रोपटक विश्वकपको उपाधि जित्ने दाउमा रहेको फ्रान्सले त्यसका लागि अर्जेन्टिनालाई पाखा लगाउनुपर्ने छ ।

अर्जेन्टिना भने तेस्रोपटक विश्वकपको उपाधि उचाल्नका लागि फ्रान्सको तगारो पन्छाउने दाउमा छ । दुवै टिममा विश्वचर्चित खेलाडी रहेका कारण खेलको नतिजालाई लिएर ठोकुवा गर्न सक्ने अवस्था छैन । यद्यपि, अर्जेन्टिनाले लिओनल मेसीबाट बढी नै अपेक्षा गरेको छ ।

यस्तै, आजै युरोकप विजेता पोर्चुगलले दुई पटकको विश्वविजेता उरुग्वेको सामना गर्ने छ । यी दुई बीचको खेल फिस्ट ओलम्पिक रंगशालामा हुने छ । समूह चरणमा तिनवटै खेल जितेको उरुग्वे उच्च मनोबलमा छ भने समूह बीमा एक खेलमा जित र दुई खेलमा बराबरी खेली उपविजेता बनेको पोर्चुगल कप्तान क्रिस्टयानो रोनाल्डोमा निर्भर छ ।

पोर्चुगलले समूह चरणमा दुई खेलमा बराबरी खेलेपनि रोनाल्डो धेरै गोल गर्ने खेलाडीको सूचिमा दोस्रो नम्बरमा छन् । समूह चरणमा चार गोल गरेका रोनाल्डोलाई गोल गर्नबाट रोक्नु उरुग्वेका लागि मुख्य चुनौति हुने छ ।

portugalvsuruguay

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);