सेमिफाइनल खेलमा आज इंग्ल्याण्ड र क्रोएसिया भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सेमिफाइनल खेलमा आज इंग्ल्याण्ड र क्रोएसिया भिड्दै

काठमाडौं, २७ असार । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा आज राति ११ः४५ बजे ईंल्याण्ड र क्रोयोेशियाबीच प्रतिपर्धा हुँदैछ । बलिया भनिएका टोलीलाई पाखा लगाउँदै उपाधि नजिक पुगेका दुबै टोली आजको खेलमा जीत निकाल्दै फाइनलमा पुग्ने दाउमा छन्।

आजको विजेताले बेल्जियमलाई पारजित गर्दै फाइनलमा प्रवेश गरेको फ्रान्ससँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ । फिफा विश्वकप २०१८ सुरु हुनुअघि इंग्ल्याण्डलाई कमैले उपाधि दाबेदारको रुपमा सोचेका थिए । यता क्रोशिया पनि उपाधी दाबेदार भएको छवि आम दर्शकले राखेका थिएनन् । तर समुह चरणको देखि नै यी टोली आफुलाई बलियो सावित गर्दै आएका छन् ।

सेमी फाइनलमा सधै राम्रो टिम भएर पनि ठूला प्रतियोगितामा चुक्दै आएको इंग्ल्याण्ड यस पटक भने उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपको सेमिफाइनल पुगेको छ र यस्तो सफलाता हात पारेको पनि २८ वर्षयता पहिलो हो ।

इंग्ल्याण्डले प्रिक्वाटरफाइनलमा कोलम्बियालाई पेनाल्टीसुआउटमा तथा स्वीडेनलाई क्वाटरफाइनलमा रेगुलर टाइममा हराएपछि अहिले इंग्लिस संचारमाध्यमहरु फुटबल कमिङ होम भन्न थालेका छन्।

यता सन् १९९८ मा आफ्नो पहिलो सहभागितामा नै सेमीफाइनलसम्म पुगेको टोली अर्को बलियो दाबेदारको रुपमा प्रस्तुत भएको छ । समूह चरणमा अर्जेन्टिना जस्तो उपाधि दाबेदार टोलीमाथि ३–० को जित हासिल गरेको क्रोएसियाले नकआउट चरणमा भने दुवै खेल पेनाल्टी सुट आउटमा जितेको हो ।

यहाँ कप्तान लुका मोडरिक र इभान राकिटिक जस्ता विश्वकै उत्कृष्ट मिडफिल्ड हुन् । जुन जोडीले सजिलै आफ्नो प्रतिद्धन्द्धीलाई संकटमा पार्न सक्छन् । लगभग खेलमा क्रोएशिया मिडफिल्डिङ प्राय निर्भर रहन्छ ।

यता इंग्ल्याण्डमा भने सम्भावना बोकेका खेलाडी मध्य रुसी विश्वकप अन्तर्गत सर्वाधिक गोल कर्ता ह्यारी खेन पहिलो रोजाईमा पर्छन् । उनले ६ गोल गरेका छन् । सन् १९६६ मा घरेलु भूमिमै च्याम्पियन बनेयता इंग्ल्याण्ड विश्वकपको फाइनल समेत पुग्न सकेको छैन।

यसपाली ५२ वर्षपछि इंग्ल्याण्ड फाइनल पुग्ने दाउमा छ । त्यसका लागि क्रोएसियाको चुनौती पन्छाउनुपर्छ । सेमिफाइनलसम्म पुग्दा क्रोएसिया अपराजित छ भने इंग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भएको थियो । आजको खेलमा जित्ने देशले फ्रान्सको सामना गर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);