क्रोएसियाको विश्वकप फुटबलमा ऐतिहासिक सफलता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

क्रोएसियाको विश्वकप फुटबलमा ऐतिहासिक सफलता

crosia

काठमाडौं, २८ असार । क्रोएसियाले विश्वकप फुटबलमा ऐतिहासिक सफलता हात पारेको छ ।

क्रोएसियाले इङ्ल्याण्डलाई २–१ गोलअन्तरले पराजित गरी विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेर इतिहास रचेको हो । क्रोएसियाले विश्वकपको उपाधिका लागि अब आइतबार फ्रान्ससँग खेल्ने छ । खेलको सुरुमै एक गोल खाएको क्रोएसियाले उत्कृष्ट पुनरागमन गरी फ्रान्ससँगको भेट पक्का गरेको हो । क्रोएसिया यसअघि १९९८ को विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो । खेलको पाँचौं मिनेटमा केइरन ट्रिपियरले फ्रिकिकमार्फत गरेको गोल फर्काउन क्रोएसियाले लामो समय संघर्ष गर्नुपर्यो ।

इभान पेरिसिकले ६८ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि आधा घण्टा समय थपियो । थप समयको १९ औं मिनेटमा मारियो मान्जुकिकले गोल गरे । उनले इभान पारिसिकले डिबक्सभित्र हेडमार्फत मिलाएको पासमा गोल गरेर क्रोएसियालाई पहिलोपटक विश्वकपको फाइनलमा पुर्याएका हुन् । खेलमा केही उत्कृष्ट अवसर खेर फाल्दा दोस्रोपटक विश्वकपको उपाधि जित्ने इङ्ल्याण्डको यात्रामा पूर्णविराम लागेको हो । कप्तान ह्यारी केन वान भर्सेस वानको अवस्थामा गोल गर्न चुकेका थिए ।

उपाधि होडबाट बाहिरिएको इङ्ल्याण्डले अब तेस्रो स्थानका लागि आगामी शनिबार बेल्जियमसँग खेल्ने छ । समूह चरणमा इङ्ल्याण्ड बेल्जियमसँग १–० ले पराजित भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);