विश्वकप फुटबलमा नयाँ महारथी उदय हुने सम्भावना | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

विश्वकप फुटबलमा नयाँ महारथी उदय हुने सम्भावना

world cup

एजेन्सी, २८ असार । क्रोएसियाले रुसमा जारी विश्वकप फुटबलको उपाधिका लागि फ्रान्ससँगको भेट पक्का गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा पूर्व्विजेता इङ्ल्यान्डलाई २–१ गोलले परणजित गर्दै क्रोयशिया फाइनलमा पुगेको हो ।

यसअघि बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगिसकेको छ । क्रोएसियाले आईतबार उपाधिका लागि पुर्व विजेता फ्रान्ससँग खेल्ने छ । क्रोएसियाको जितमा मारियो मान्जुकिचले अतिरिक्त समयमा निर्णायक गोल गरे ।

१०९ औं मिनेटमा मान्जुकिचले गरेको गोलमा क्रोएसियाले ऐतिहासिक सफलता हात पारेको हो । क्रोएसिया विश्वकपमा पहिलोपटक फाइनल पुगेको हो । सन् १९९० मा युगोस्लाभियाबाट छुट्टिएयता क्रोएसिया यसअघि सेमिफाइनलसम्म पुगेको थियो ।

क्रोएसिया अन्तिमपटक सन् १९९८ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । इङ्ल्यान्डविरुद्ध सुरुवाती अग्रता लिन असफल क्रोएसियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो । युभेन्ट्सका ३२ वर्षीय स्ट्राइकर मान्जुकिचले इभान पेरिसिचको पासमा गोल गरेका थिए ।

यसअघि निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो । क्रोएसियाका इभान पेरिसिचले ६८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । २९ वर्षीय मिडफिल्डर पेरिसिचले लामो क्रसमा आएको बललाई सिक्स यार्ड सर्कलबाट गोलपोष्टको दिशा दिएका थिए ।

खेलको सुरुवातमै इङ्ल्यान्डले अग्रता लिएको थियो । पाँचौं मिनेटमा कायरन ट्रिपियरले फ्रिकिक गोल गरे । डिबक्सबाहिरबाट उनले गरेको गोल साइड बार च्यापेर गोल भएको थियो । २७ वर्षीय डिफेन्डर ट्रिपियरको यो पहिलो अन्तर्राष्ट्रिय गोल थियाे । ५२ वर्षपछि विश्वकपको फाइनलमा पुग्ने इङ्ल्यान्डको सपना यही सकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);