इङ्ल्याण्डले ट्युनिसियामाथि संघर्षपूर्ण जित दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

इङ्ल्याण्डले ट्युनिसियामाथि संघर्षपूर्ण जित दर्ता

englandvstunisia

एजेन्सी, ५ असार । इङ्ल्याण्डले ट्युनिसियामाथि संघर्षपूर्ण जित दर्ता गरेको छ । इङ्ल्याण्डले गएराति भएको खेलमा ट्युनिसियालाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

इङ्ल्याण्डको जितमा दुवै गोल ह्यारी केनले गरेका हुन् । केनले खेलको ११ औं मिनेटमा इङ्ल्याण्डलाई अग्रता दिलाएकामा ट्युनिसियाले ३५ औं मिनेटमा बराबरी गोल फर्कायो । ट्युनिसियाले पेनाल्टीमार्फत बराबरी गोल फर्काएकामा निर्णायक गोल गर्न इङ्ल्याण्डले खेलको इन्जुरी समयसम्म पर्खनु पर्यो ।

इन्जुरी समयको पहिलो मिनेटमा केनले विजयी गोल गरेका हुन् । खेलमा ६१ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेर पनि इङ्ल्याण्डलाई जित हासिल गर्न निकै संघर्ष गर्नु पर्यो । इङ्ल्याण्डले गोलका लागि ८ वटा प्रहार गरेको थियो ।

गएराति नै भएको अर्को खेलमा बेल्जियम पानामाविरुद्ध ३–० गोलअन्तरले विजयी भएको छ । बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई तथा ड्रिस मार्टिन्सले एक गोल गरेका हुन् । पहिलो हाफ गोलरहित भएको खेलमा मार्टिन्सले दोस्रो हाफ सुरु हुने वित्तिकै गोल गरे । मार्टिन्सले ४७ औं मिनेटमा गोल गरेकामा लुकाकुले ६ मिनेटको अन्तरमा दुई गोल गरे । उनले ६९ औं र ७५ औं मिनेटमा गोल गरेका हुन् ।

विश्वकप अन्तर्गत आज पहिलो चरणका खेल सकिंदैैछन् । समूह एच अन्तर्गत जापानले कोलम्बियासँग साँझ ५ः४५ तथा सेनेगलले पोल्याण्डसँग ८ः४५ बजे प्रतिस्पर्धा गर्ने छन् । आजै आयोजक रसियाले पहिलो चरणको दोस्रो खेल इजिप्टविरुद्ध राति ११ः४५ बजे खेल्दै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);