विश्वकप मैत्रीपूर्ण खेलमा पोर्चुगल र इङल्याण्ड बिजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वकप मैत्रीपूर्ण खेलमा पोर्चुगल र इङल्याण्ड बिजयी

portugal vs algeria

एजेन्सी, २५ जेठ । पोर्चुगलले मैत्रीपूर्ण खेलमा अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गरेको छ । विश्वकपको पूर्वसन्ध्यामा गएराति भएको खेलमा पोर्चुगलले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा गोन्जालो गुडेसले २ तथा ब्रुनो फर्नान्डेसले एक गोल गरे । गुडेसले १७ औं मिनेटमा पहिलो गोल गर्नुपहिले कप्तान क्रिस्टियानो रोनाल्डोले गरेको गोललाई रेफ्रीले अफसाइड दिएका थिए ।

२१ बर्षीय गुडेसले दोस्रो गोल खेलको ५५ औं मिनेटमा गरे । त्यसअघि ३७ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गरेका थिए । पोर्चुगलले यसपटकको विश्वकपमा आफ्नो पहिलो खेल सन् २०१० को विश्वविजेता स्पेनसँग खेल्ने छ ।

गएराति नै भएको अर्को खेलमा इङल्याण्डले कोस्टारिकालाई २–० गोल अन्तरले पराजित गरेको छ । इङ्ल्याण्डले खेलको १३ औं र ७६ औं मिनेटमा गोल गरेको हो । मार्कस राशफोर्डले पहिलो गोल गरेकामा दोस्रो गोल वैकल्पिक खेलाडी डानी वेलबेकले गरे ।

गएराति नै भएको मैत्रीपूर्ण खेलमा दक्षिण कोरियाले बोलिभियासँग गोलरहित तथा आइसल्याण्डले घानासँग २–२ गोलको बराबरी खेलेका छन् ।

marcus-rashford

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);