विश्वकपमा भिडियो एसिस्टेन्ट रेफ्रीको प्रयोग गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

विश्वकपमा भिडियो एसिस्टेन्ट रेफ्रीको प्रयोग गरिने

काठमाडौं, २५ जेठ । फिफाले रुस विश्वकपमा भिडियो एसिस्टेन्ट रेफ्रि (भिएआर) प्रणाली लागू गर्ने तयारी गरिरहेका बेला यसबारे संसारभर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

कतिपयले परीक्षणकै क्रममा रहेको यो प्रणालीले विश्वकपको चार्म घटाउने तर्क गरेका छन् भने यसका पक्षधरले खेललाई विवादरहित बनाउने दाबी गरेका छन् ।

प्रविधिको विकास र यसको प्रयोगले हरेक कुरालाई सहज बनाउँदै लगेको छ । खेलकुदमा पनि यो लागू हुन्छ । क्रिकेटमा धेरै पहिले देखि नै रिप्ले प्रणाली लागु भएको छ ।

फुटवलमा पनि खेललाई विवादरहित बनाउन भिडियो एसिस्टेन्ट रेफ्रि भिएआर प्रणालीको सुरुवात गरिएको छ । विश्वकपमा पहिलो पटक प्रयोग गर्न लागिएको भिएआर आलोचना मुक्त भने छैन् ।

रुस विश्व कप २०१८ मा भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को प्रयोग गरिने जानकारी फुटबलको उच्च निकाय फिफाले दिएको छ । फुटबल विश्व कपमा यो प्रविधि पहिलो पटक प्रयोग गर्न लागिएको हो ।

यसअघि युरोपको विभिन्न लिगहरुमा परीक्षणका रुपमा रहेको भिएआरलाई २०१८ फिफा विश्व कपमा पनि प्रयोग गरिने भएको हो । फिफाले विश्वकपका लागि १३ भिडियो एसिस्टेन्ट रेफ्रिलाई छनौट गरिसकेको छ ।

यो टिमका सदस्य फिफाका उच्च तहका म्याच अफिसियल हुन् । खेल रिभ्युका लागि चार वटा रिप्ले अपरेटर्सको व्यवस्था गरिएको छ । यसका लागि उत्कृष्ट क्यामरा एंगल उपलब्ध हुनेछ ।

भिडियो एसिस्टेन्ट रेफ्रि आफैले निर्णय दिने भने होइन । उनीहरुले खेल खेलाइरहेका रेफ्रिलाई सहयोग मात्र गर्ने हुन् । यो टिमलाई सबै ब्रोडकास्टिङ क्षेत्रमा जाने सुविधा छ भने फुटवल समर्थकले रिभ्यु प्रोसेसबारे कमेन्टेटर, ब्रोडकास्टरलगायतबाट जानकारी प्राप्त गर्ने छन् ।

भि ए आर टिमले विशेष गरी खेल परिवर्तन गर्न सक्ने अवस्थाहरुको अध्ययन गर्दछ । गोल अफसाइड छ की छैन सुक्ष्म अध्ययन गर्छ । पेनाल्टी हुने संभावना के छ ? डि बक्सभित्र फाउल गरिएको छ की बाहिर सो अध्ययन गर्छ ।

यस्तै रातो कार्ड हुने ट्याकल हो की होइनलयागत अन्य गल्तिहरु पत्ता लगाई रेफ्रिलाई सही निर्णय दिन मदत गर्छ । यो प्रविधिबारे अहिले विभिन्न टिकाटिप्पणी भइरहेको छ । यसले फुटवलको चार्म घटाउने एकथरीको भनाइ छ भने अर्काथरी अन्यायमा परेको टिमले न्याय पाउने तर्क गर्छन ।

बुन्डेसलिगालगायतका खेलमा खेलाडी ड्रेसिङ रुममा गएपनि पेनाल्टिका लागि बोलाउनुजस्ता घटनाले यसलाई ओलोचित बनाएको छ । त्यसै रुस विश्वकपमा यसको सफल प्रयोग गरेर सवैलाई मान्य हुने बनाउनु फिफाका लागि निकै चुनौतीपूर्ण छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);