आठौं राष्ट्रिय खेलकूदका स्वर्ण पदक बिजेतालाई तीन महिनापछि पुरस्कार बितरण | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

आठौं राष्ट्रिय खेलकूदका स्वर्ण पदक बिजेतालाई तीन महिनापछि पुरस्कार बितरण

काठमाडौं, ३१ असार । प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले ३ महिनापछि पूर्वघोषित नगद पुरस्कार वितरण गरेको छ ।

गत चैत २७ देखि बैशाख ११ सम्म प्रदेश ५ का बिभिन्न जिल्लामा सन्चालन भएको आठौं राष्ट्रिय खेलकुदमा ३ सय ३२ स्वर्ण पदक इभेन्टका लागि प्रतिस्पर्धा भएको थियो । एकल र सामुहिक खेलसमेतका विजेत गरी ६ सय ९६ जना खेलाडीले मंगलवार पुरस्कार पाएका हुन् ।

एकल खेलतर्फका स्वर्ण विजेताले १५ हजार र सामुहिक खेलतर्फका विजेताले ७ हजार रुपैयाँ पुरस्कार पाएका हुन् । त्यस्तै आठौं खेलकुदमा २६ राष्ट्रिय कीर्तिमान बनेको थियो ।

प्रति कीर्तिमान २५ हजार रुपैयाँका दरले मंगलवार नै पुरस्कार वितरण गरिएको छ । खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेश सिलवाल लगायतले खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);