अजाक्सका कप्तान डी लिग्ट युभेन्टसमा अनुबन्धित हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अजाक्सका कप्तान डी लिग्ट युभेन्टसमा अनुबन्धित हुने

एजेन्सी, १ साउन । डच क्लब अजाक्सका कप्तान माथेज डी लिग्ट इटालियन सिरी ए फुटबल क्लब युभेन्टसमा अनुबन्धित हुने भएका छन् । सिरी ए च्याम्पियनमा अनुबन्धित हुने प्रक्रिया पूरा गर्नका लागि डी लिग्ट तुरिन पुगेका छन् ।

१९ वर्षका डी लिग्टको नाम इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पनि जोडिएको थियो । यस्तै बार्सिलोना, पेरिस सेन्ट–जर्मेन (पिएसजी) सहितका क्लबले पनि उनमा चासो देखाएका थिए । डी लिग्टको कप्तानीमा अजाक्सले गएको सिजन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

सन् २०१६ मा डेब्यु गरेका उनले डच लिग र डच कपको उपाधि जितेका छन् । यस्तै सन् २०१७ मा अजाक्स युरोपा लिग फुटबलको फाइनलमा पुगेको थियो । ९ वर्षको हुँदा अजाक्समा आएका उनले क्लबबाट लिगमा ७७ खेलमा ८ गोल गरेका छन् ।

युभेन्टसले डी लिग्टलाई ६७.५ मिलियन पाउण्डमा अनुबन्धित गर्न लागेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);