प्रि–सिजन मैत्रीपूर्ण खेल: टोटनह्यामद्वारा युभेन्टस पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रि–सिजन मैत्रीपूर्ण खेल: टोटनह्यामद्वारा युभेन्टस पराजित

maitri purna khel

एजेन्सी, ६ साउन । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इङलिश क्लब टोटेनह्यामले इटालियन क्लब युभेन्ट्सलाई पराजित गरेको छ ।

आइतबार साँझ सिंगापुरमा भएको खेलमा टोटनह्यामले युभेन्टसलाई ३–२ ले पराजित गरेको हो । इन्जुरी समयमा ह्यारी केनले जादूयी गोल गरे । उनले चमत्कारिक रुपमा मैदानको मध्य भागबाट गोल गर्दै टिमलाई जित दिलाएका हुन् । एरिक लामेलाले टोटनह्यामका लागि सुरुमा गोल गरेका थिए । त्यसपछि युभेन्टसका लागि गोन्जालो हेगुइन र क्रिष्टियानो रोनाल्डोल गोल गर्दै अग्रता दिलाए ।

दोस्रो हाफमा हालै क्लबको कीर्तिमानी मूल्यमा अनुबन्धित गरेका टान्गायी एनडोम्बेलेले सुन्दर पास दिए लुकास मौरालाई । लुकासले टोटनह्यामका लागि बराबरी गोल फर्काए ।खेल बराबरीमा थियो र पेनाल्टीमा जाने सम्भावना थियो । तर इन्जुरी समयमा केनले चमत्कार गरे । दोस्रो हाफमा मैदान छिरेका उनले मैदानको मध्य भागबाट प्रहार गरेको बल गोलमा परिणत गरे । यो खेलमा युभेन्टसले अजाक्सबाट अनुबन्धित गरेका माथेज डी लिग्ट पनि थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);