सिंगापुरद्वारा कतार ३३ रनले पराजित, नेपालको खेल मंगलवार | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सिंगापुरद्वारा कतार ३३ रनले पराजित, नेपालको खेल मंगलवार

काठमाडौं, ६ साउन । आयोजक सिंगापुरले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलमा विजयी सुरुवात गरेको छ । सोमबार सिंगापुरको इण्डिएन एशोसियशन ग्राउण्डमा भएको पहिलो खेलमा कतारलाई ३३ रनले पराजित गर्दै सिंगापुरले विजयी सुरुवात गरेको हो ।

सिंगापुरले दिएको १सय ८७ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १सय ५३ रन मात्रै बनायो । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १सय ८६ रन बनाएको थियो ।

एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गरिरहेका छन् । फाइनलको शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । एसिया फाइनलमा नेपालले भने मंगलबार कतारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);