इंग्लिस प्रिमियर लिग: साउथ ह्याम्पटनद्वारा टोटनह्याम पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इंग्लिस प्रिमियर लिग: साउथ ह्याम्पटनद्वारा टोटनह्याम पराजित

epl south

काठमाडौं, २६ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम साउथ ह्याम्पटनसँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा टोटनह्यामलाई साउथह्याम्पटनले २–१ गोलअन्तरले पराजित गरेको हो । साउथह्याम्पटनका लागि यान भलेरी र जेम्स वार्डले गोल गरे । यता, टोटनह्यामका लागि ह्यारी केनले गोल गरेका थिए । २६ औं मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । उनकै गोलमा टोटनह्यामले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । तर दोस्रो हाफमा साउथह्याम्पटनले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो । ७६ औं मिनेटमा भलेरीले गोल गर्दै साउथह्याम्पटनलाई १–१ गोलको अवस्थामा ल्याए । ८१ औं मिनेटमा वार्डले गोल गरेपछि साउथह्याम्पटनले टोटनह्यामलाई २–१ गोलअन्तरले पराजित गरेको हो । हारपछि टोटनह्यामको ३० खेलबाट ६१ अंक भएको छ ।

उता, साउथह्याम्पटनले भने ३० खेलबाट ३० अंक जोड्न सफल भएको छ । त्यस्तै प्रिमियर लिगअन्तर्गत नै भएको अर्को खेलमा लेष्टर सिटीले फुलह्यामलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अन्य खेलमा भने न्युक्यासलले एभर्टनलाई ३–२ ले पराजित गरेको छ । त्यस्तै, ब्राइटनले क्रिष्टल प्यालेसलाई २–१, कार्डिफ सिटीले वेष्ट ह्यामलाई २–० गोलले पराजित गर्दा बर्नमाउथले हडर्स्फिल्डलाई २–० गोलअन्तरले नै पारजित गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);