विश्वकप छनौट : माल्टालाई ४ गोलले हराउँदै इंग्ल्याण्ड विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौँ, १७ भदौ । विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा इंग्ल्याण्डले माल्टालाई ४-0 ले हराएको छ। विश्वकपका लागि युरोपियन क्षेत्रको छनौटमा समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डले प्रभावशाली जित दर्ता गरेको हो। पहिलो हाफमा गोल हुन नसकेको खेलमा इंग्ल्याण्डले दोस्रो हाफमा चार गोल गर्‍यो।

 

त्यसमा पनि अन्तिमको पाँच मिनेट तथा इन्जुरी समयमा तीन गोल भयो। इंग्ल्याण्डको जितमा ह्यारी केनले दुई तथा रायन बिर्ट्रेण्ड र ड्यानी वेलबेकले एक एक गोल गरे। ५३ औं मिनेटमा गोल गर्दै केनले इंग्ल्यण्डलाई सुरुवाति अग्रता दिलाए।

 

८५ औं मिनेटम बिर्ट्रेण्डले गोल गर्दै अग्रता दोब्बर पारे। इन्जुरी समयको पहिलो मिनेटमा वेलबेकले गोल गरे भने इन्जुरी समयको दोस्रो मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्याण्ड ४-० ले विजयी भएको हो। सात खेलबाट १७ अंक जोडेको इंग्ल्याण्ड समूहको शीर्ष स्थाना छ।

 

यस्तै गएराति नै भएको अर्को खेलमा विश्व विजेता जर्मनीले चेक गणतन्त्रलाई २–१ ले पराजित गरेको छ । चेक गणतन्त्रलाई पराजित गरेसँगै जर्मनीको विश्वकप फुटबलमा छनौट हुने सम्भावना बलियो भएको छ ।

सात खेलबाट २१ अंक जोडेको जर्मनी समूहको शीर्ष स्थानमा छ । जर्मनीको जितमा टिमो वर्नर र म्याट्स हमल्सले गोल गरे । चेक गणतन्त्रका लागि भ्लादिमिर डारिडाले एक गोल गरे । गएराति नै भएको अर्को खेलमा नर्दन अयरल्याण्डले सान मारिनोलाई ३–० ले डेनमार्कले पोल्याण्डलाई ४–० तथा रोमानियाले अर्मेनियालाई १–० ले पराजित गरेका छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);