नेइमार र एमबाप्पेको अनुबन्ध पिएसजीमाथि पर्ने भयो भारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

एजेन्सी, १७ भदौ । युरोपेली फुटबलको प्रशासकीय निकाय युइएफएले नेइमार र एमबाप्पेको अनुबन्ध सम्बन्धमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमाथि अनुसन्धान सुरु गरेको छ ।

 

युइएफएले खेलाडी अनुबन्धका सम्बन्धमा क्लबहरुमाथि गरिरहेको फाइनान्सियल फेयर प्ले (एफएफपी) अन्तर्गत पिएसजीमाथि अनुसन्धान सुरु गरेको हो । पिएसजीले यो सिजन खेलाडी अनुबन्ध गर्दा एफएफपी नियम उल्लंघन गरेको हुन सक्ने देखिएकाले युइएफएले अनुसन्धान सुरु गरेको हो । यो नियम अनुसार युरोपियन क्लबले खेलाडी किन्न तथा अरु कामका लागि गरिने खर्च आफ्नो आम्दानीसँग ब्यालेन्स मिलाएर गर्नुपर्छ । पिएसजीले यो सिजन नेइमारलाई विश्व कीर्तिमानी मूल्य २ सय २२ करोड यरोमा किनेको थियो भने पिएसजीले १८ वर्षीय खेलाडी केलियन एमबाप्पेलाई पनि एक सय ८० मिलियन युरोमा भित्र्याएको छ ।

बिहीबार एम बाप्पे दोस्रो विश्व किर्तीमानी रकम सहित पि यस जीमा अनुबन्ध भएका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);