मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा रुनी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

एजेन्सी, १७ भदौ । एभर्टनका स्ट्राइकर वायन रुनी मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा पक्राउ परेका छन । उनी शुक्रबार बिहान २ बजे आफ्नै घरको नजिकैको एक इटालियन क्लबाट फर्किने क्रममा पक्राउ परेका हुन् ।

 

रुनी बिहीबार साझँ देखि नै आफ्ना साथीहरुसँग बबल रुम बार नामक बारमा मादक पदार्थ पिएर उनले प्रख्यात क्रिकेटर ज्याक म्याकएल्भरसँग पनि फोटो खिचाएका थिए ।

 

उनलाई अदालतले १८ सेप्टेम्बरमा हाजिर हुने शर्तमा छोडेको छ । १३ वर्ष पछि माञ्चेष्टर युनाईटेडबाट एर्भटन फर्केका रुनीले यो महिना एर्भटनका लागि ३ खेलमा २ गोल गरिसकेका छन् ।

 

इंग्ल्याण्डका पुर्व कप्तान समेत रहेका रोनीले गत हप्ता अन्तराष्ट्रिय खेलबाट सन्यास लिएका थिए । उनले अन्तराष्ट्रिय अवधिभर ११९ खेलमा ५३ गोल गरेको हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);