चर्को मुल्यमा अनुबन्ध भएपछि पिएसजी र नेईमार बारे अनुसन्धान | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

काठमाडौँ, २२ भदौ । ला लिगाका अध्यक्ष जावियर टेबासले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर सिटीले वित्तिय डोपिङ गरेको आरोप लगाएका छन् । टेबासले म्यानचेस्टरमा भएको सकरेक्स सम्मेलनमा बोल्दै पिएसजी र म्यानचेस्टर सिटीले खेलाडी अनुबन्धका लागि फुटबल भन्दा बाहिरको पैसा खर्च गरेको आरोप लगाएका हुन्।

टेबासले व्यंग्यात्मक रुपमा उनले भने ‘हामीले पिएसजीलाई स्वीमिङ पुलमा पिसाब गर्दै गर्दा देखेका छौं। नेइमारले त डाइभिङ बोर्डबाट पिसाब गरे। हामी यो स्वीकार गर्न सक्दैनौं।’ युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले पिएसजीले नेइमारलाई अनुबन्ध गर्ने बेला फाइनान्सियल फेयर प्ले नियम उल्लंघन गरे नगरेको बारे अनुसन्धान भइरहेको जनाएका छन्।

पिएसजीले नेइमारलाई विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्डमा अनुबन्ध गरेपछि यस विषयमा अनुसन्धान बढ्न थालेको हो।

ताजा समाचार