युएस ओपन टेनिसः भेनस विलियम्स सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एजेन्सी, २१ भदौ । अमेरिकी टेनिस स्टार भेनस विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

 

बुधबार बिहान भएको खेलमा पेट्रा किविटोवालाई हराएर भेनसले अन्तिम चारमा स्थान पक्का गरेकी हुन् । ३७ वर्षकी भेनसले किविटोवालाई ६–३, ३–६ र ७–६ को सेटमा हराएकी हुन् । भेनस २३ औं पटक ग्राण्डसलामको सेमिफाइनलमा पुगेकी हुन् । भेनसले अब सेमिफाइनलमा स्लोअन स्टीफन्ससँग प्रतिस्पर्धा गर्ने छिन् । अमेकिरी स्टीफन्सले लात्भियाकी एनास्तासिजना सेवस्तोवालाई ६–३, ३–६ र ७–६ को सेटमा हराएर अन्तिम चारमा स्थान पक्का गरेकी हुन् ।

 

यस्तै पुरुष एकल तर्फ स्पेनका पाब्लो कार्रिनो बुस्टा सेमिफाइनलमा पुगेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);