युएस ओपन टेनिसः डेल अन्तिम चारमा प्रवेस, महिलातर्फ किज सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एजेन्सी, २२ भदौ । अर्जेन्टिनाका आन मार्टिन डेल पोत्रो विश्व नम्बर चार रोजर फेडेररलाई पराजित गरी युएस ओपन टेनिसको अन्तिम चारमा पुगेका छन् ।

 

२४ औं बरियताका डेल पोत्रोले स्वीस फेडेररलाई ७–५, ३–६, ७–६ र ६–४ को सेटमा पराजित गरी अन्तिम चारमा स्थान पक्का गरेका हुन् । डेल पोत्रोले फाइनल प्रवेशका लागि विश्व नम्बर एक राफायल नाडालसँग प्रतिस्पर्धा गर्ने छन् । नाडाल रुसी किशोर एन्ड्री रुबलेवलाई पराजित गरी यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । डेल पोत्रोले फेडेररलाई हराएसँगै युएस ओपनमा नाडाल र फेडेररले खेल्ने सम्भावना यो वर्ष पनि सकिएको छ । नाडाल र फेडेररबीच युएस ओपनमा अहिलेसम्म खेल भएको छैन ।

यस्तै महिला एकलतर्फ अमेरिकी म्याडिसन किज अन्तिम चारमा पुगेकी छन् । १५ औं बरियताकी किजले काए कानपीलाई ६–३ र ६–३ को सेटमा पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरेकी हुन् । यसअघि अमेरिकी खेलाडी कोको वान्डवे, भेनस विलियम्स र स्लोन स्टीफन्सले अन्तिम चारमा स्थान बनाएका थिए । सन् १९८१ पछि पहिलोपटक चार अमेरिकी महिला सेमिफाइनलमा पुगेका हुन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);