राफाल नाडाल एटीपी फाइनल्स टेनिसको सेमिफाइनलमा

एजेन्सी,५ मंसिर । विश्व नम्बर दुई स्पेनिस टेनिस खेलाडी राफाल नाडाल एटीपी फाइनल्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बेलायतको लण्डनमा ग्रिसका स्टेफानोस सिट्सीपासलाई पराजित गर्दै नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन् । ३४ वर्षीय नाडालले स्टेफानोसविरुद्ध ६–४, ४–६ र ६–२ को सेटमा जित निकाले ।

२० पटकको ग्राण्डस्लाम विजेता नाडालले सेमिफाइनलमा रुसका डानिल मेदभेदेबसँग खेल्ने छन् । मेदभेदेब यस अघि नै सेमिफाइनलमा पुगिसकेका छन् । अष्ट्रियाका डोमिनिक थियाम पनि सेमिफाइनलमा पुगिसकेका छन् ।

सेमिफाइनलमा पुग्नका लागि विश्व नम्बर एक टेनिस खेलाडी सर्बियाका नोभाक योकोभिच र जर्मनीका अलेक्जेन्डर भेरभबीच प्रतिस्पर्धा हुने छ ।

Leave a Reply