सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा

serena williams

एजेन्सी, २० भदौ । अमेरीकी खेलाडी सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन । २४ पटककी ग्राण्डस्लाम विजेता सेरेनाले चेक गणतन्त्रकी कालोलिना प्लिस्कोभालाई हराउँदै अन्तिम चारमा स्थान बनाएकी हुन ।

अमेरिकाको न्युयोर्कमा भएको खेलमा ३६ बर्षे सेरेनाले उत्कृष्ट प्रदर्शन गर्दै कारोलिनालाई दुई सेटमा हराइन । लगातार नबौ पटक यूएस ओपनको सेमिफाइनलमा पुगेकी सरेरेनाले आठौ बरियताकी कारोलिनालाई ६–४ र ६–३ को सेटमा हराएकी हुन ।

हाल विश्व बरियतामा १७ औं स्थानमा रहेकी सेरेना आमा बनेपछि पहिलो ग्राण्डस्लाम जित्ने लक्ष्यमा छिन । अब सेमिफाइनलमा उनले अनास्तासिजासँग खेल्नेछिन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);