सेरेना यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सेरेना यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश

एजेन्सी, २५ भदौं । सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

क्वार्टरफाइनलको खेलमा बुग्लेरियन खेलाडी स्वेताना पिरोनकोवालाई ४–६, ६–३ र ६–२ को सेटमा पराजित गर्दै सेरेना अन्तिम ४ मा प्रवेश गरेकी हुन् ।

जितसँगै सेरेनाले कीर्तिमानी २४ औं ग्रान्डस्लाम उपाधि जित्ने सम्भावनालाई जिवितै राखेकी छिन् ।

अव सेरेनाले फाइनल प्रवेशका लागि पूर्व विश्व नम्बर १ भिक्टोरिया अजारेन्का वा बेल्जियमकी १६ औं वरियताकी एलिस मेर्टेसबीचको विजेतासँग खेल्नेछिन् ।

सेरेनाले पछिल्लो पटक २०१४ मा यूएस ओपन टेनिसको उपाधि जितेकी थिईन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);