च्याम्पियन्स लिग: डच क्लब अजाक्सलाई हराउँदै टोटनह्याम विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

च्याम्पियन्स लिग: डच क्लब अजाक्सलाई हराउँदै टोटनह्याम विजयी

ottanham

काठमाडौं, २६ बैशाख । च्याम्पियन्स लिग फुटबलको बुधबार राति भएको दोस्रो लेगमा डच क्लब अजाक्सलाई हराउँदै टोटनह्यामले लिभरपुलसँगको उपाधि भिडन्त पक्का गरेको छ ।

पहिलो लेगमा १–० को जित निकालेको अजाक्सले बुधबार राति घरेलु मैदानमा पहिलो हाफमा दुई गोल गरेर आफ्नो पक्षमा जित लगभग निश्चित गरेको हो । अजाक्सका लागि पाँचौँ मिनेटमा १९ वर्षका कप्तान म्याथाइस डी लिग्टले गोल गरे । यस्तै, ३५ औँ मिनेटमा हाकिम जियाचले गोल गरेपछि अजाक्सले पहिलो हाफमा २–० को अग्रता लियो । तर दोस्रो हाफमा लुकास मौराले टोटनह्यामका लागि ह्याट्रिक गरे । उनले ५५ र ५९ औँ मिनेट तथा इन्जुरी समयको छैटौँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनको ह्याट्रिकले दोस्रो लेगमा टोटनह्यामले ३–२ को जित निकाल्यो । यो जितले खेल समग्रमा ३–३ को अवस्थामा पुग्यो र अवे गोलका आधारमा टोटनह्यामले फाइनलमा स्थान पक्का गर्न सफल भयो । फाइनल खेल आउँदो जुन १ मा स्पेनको मड्रिडमा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);