वेष्ट इण्डिज टुरका लागि भारतीय टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

वेष्ट इण्डिज टुरका लागि भारतीय टोलीको घोषणा

india team announced

एजेन्सी, ५ साउन ।  भारतले वेष्ट इन्डिज टुरका लागि विराट कोहलीलाई कप्तान कायम गर्दै तीन फरक टोली घोषणा भएको छ । भारतले अगष्ट महिनाभर वेष्ट इन्डिज भ्रमणका तीन टी २०, तीन एकदिवसीय र दुई टेष्ट म्याच खेल्नेछ ।

त्यसका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आइतबार कोहलीको कप्तानीमा टेष्ट, एकदिवसीय र टी–२० खेल्ने टिम घोषणा गरेको हो ।

इंग्ल्याण्डमा विश्वकप खेलेका महेन्द्र सिंह धोनी र हार्दिक पाण्डेय भने कुनै पनि टिममा समावेश छैनन् ।

टेष्ट टिम : विराट कोहली (कप्तान), अजिंक्या रहाने (उपकप्तान), मयाङ्क अग्रवाल, लोकेश राहुल, चेतेश्वर पुजारा, हनुमा बिहारी, रोहित शर्मा, ऋषब पन्त, रिद्दिमान शाह, रविचन्द्र आश्विन, रबिन्द्र जडेजा, मोहमद शामी, इशान्त शर्मा, कुलदिप यादव, जस्प्रित बुम्राह, उमेश यादव

एकदिवसीय टिम : विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, लोकेश राहुल, श्रेयास एयर, मनिस पाण्डे, ऋषब पन्त, रबिन्द्र जडेजा, कुलदिप यादव, युजभेन्द्र चाहल, केदार जाधब,मोहमद शामी, भुवनेश्वर कुमार, खलिल अहमद, नभ्दिप सैनी

टी-२० टिम : विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, लोकेश राहुल, श्रेयास एयर, मनिस पाण्डे, ऋषब पन्त, कुर्नाल पाण्ड्य, रबिन्द्र जडेजा, वासिङटन सुन्दर, राहुल चहर, भुवनेश्वर कुमार, खलिल अहमद, दिपक कुमार, नभ्दिप सैनी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);