एशियन इन्डोर महिला हक्कीमा नेपालको पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एशियन इन्डोर महिला हक्कीमा नेपालको पहिलो जित

hockey

काठमाडौं, १ साउन । थाइल्यान्डमा जारी एसियन इन्डोर हक्कीमा नेपालको महिला टिमले पहिलो जित निकालेको छ । थाइल्यान्डको चोन्बुरीमा बुधबार भएको खेलमा फिलिपिन्सलाई ३–२ गोल अन्तरले हराउदै नेपालले पहिलो जित निकालेको हो ।

फिलिपिन्सविरुद्ध नेपालले निकै उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालको जितमा देविका विकले दुई र निलिमा पाण्डेले एक गोल गरेकी थिइन । समूह ’ए’ मा रहेको नेपाल यसअघि साविकको विजेता काजकिस्तानसँग ८–० र उज्बेकिस्तानसँग ९–० गोल अन्तरले पराजित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);