नेशन्स लिग: पोर्चुगलद्वारा नेदरल्याण्डस पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेशन्स लिग: पोर्चुगलद्वारा नेदरल्याण्डस पराजित

portugal-vs-netherlands

काठमाडौं, २७ जेठ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले पहिलोपटक आयोजना गरेको नेशन्स लिग फुटबलको उपाधि पोर्चुगलले जितेको जितेको छ ।

घरेलु मैदान पोर्टोमा आइतबार राति भएको खेलमा पोर्चुगलले नेदरल्याण्डसलाई १– ० ले हराउँदै उपाधि जितेको हो । रोनाल्डो कप्तानीको पोर्चुगलले तीन वर्षमा दोस्रो उपाधि जितेको हो । सन् २०१६ मा उसले युरोकप फुटबलको उपाधि जितेको थियो । नेशन्स लिगको फाइनलमा पोर्चुगलका लागि दोस्रो हाफमा गोन्कालो गुएडेसले गरेको गोल नै निर्णायक बन्यो । गुएडेसले ६० औँ मिनेटमा गोल गरेका हुन् । डच टिमका लागि मेम्फिस डिपेयीले गोल गर्ने राम्रो प्रयास गरेका थिए । तर पोर्चुगलका गोलरक्षक रुई प्याट्रिसिओले सुन्दर बचाउ गरे । यो खेल दुई कप्तानबिचको प्रतिष्ठाको लडाईँ जस्तै पनि थियो । पोर्चुगलका कप्तान रोनाल्डो र डच कप्तान भर्जिल भान डिजेकले क्लब स्तरमा हालै सकिएको सिजनमा उपाधि जितेका थिए । रोनाल्डोले युभेन्टसबाट सिरी ए तथा भान डिजेकले लिभरपुलबाट च्याम्पियन्स लिग फुटबलका उपाधि जितेका हुन् । त्यस्तै स्वीट्जरल्याण्डलाई पेनाल्टीमा हराएर इंग्ल्याण्ड नेशन्स लिगमा तेस्रो भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);