युवराजसिंहद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

युवराजसिंहद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं, २७ जेठ । भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । सोमबार भारतको मुम्बईमा पत्रकार सम्मेलन गरी क्रिकेटर सिंहले तत्काल लागु हुने गरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

सन् २ हजारदेखि भारतीय राष्ट्रिय टोलीबाट डेब्यु गरेका सिंहले २०११ मा भारतले विश्वकप जित्दा महत्वपूर्ण भूमिका खेलेका थिए । भारतका लागि ६० टेस्ट म्याच खेलेका उनले १ हजार ९ सय रन बनाएका छन् । त्यसमध्ये तीन सतक र ११ वटा अर्धसतक छन्। सन्यासको घोषणा गर्दै सिंहले आफ्ना समर्थक र प्रसंशकलाई धन्यवाद दिएका छन् ।

३ सय ४ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका युवराजले ८ हजार ७ सय एक रन बनाएका छन्। वान डे इन्टरनेशनलमा उनले १४ सतक र ५२ अर्धसतक हानेका छन्। सन २००७ को टी–ट्वान्टी विश्वकपमा उनले इंग्ल्यान्डविरूद्ध १२ बलमा ५० रन हानेका थिए।

१२ बलमा अर्धसतक हान्ने उनी पहिलो ब्याट्सम्यान हुन् । बलिङतर्फ उनले १सय ११ विकेट लिएका छन्। सन २०११ को विश्वकपमा उनी म्यान अफ द टुर्नामेन्ट बनेका थिए । त्यसपछि उनलाई क्यान्सर भएको थियो । क्यान्सरको उपचारपछि भने पहिलाजस्तो फर्ममा आउन नसकेका सिंहले सन्यासको घोषणा गरेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);