दक्षिण अफ्रिकाका पूर्व क्रिकेट कप्तान प्लेसिसले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दक्षिण अफ्रिकाका पूर्व क्रिकेट कप्तान प्लेसिसले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा

एजेन्सी, ५ फागुन । दक्षिण अफ्रिकाका पूर्व क्रिकेट कप्तान फाप डु प्लेसिसले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । फाफ डु प्लेसिसले बुधबार सामाजिक सञ्जालमार्फत टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

उनले ६९ टेष्टमा ४ हजार १ सय ६३ बनाएका छन् । यसमा १० शतक र २१ अर्धशतक सामेल छन् । २०१२ मा अष्ट्रेलियाविरुद्ध टेष्ट क्रिकेटको सुरुवात गरेका डु प्लेसिसले दक्षिण अफ्रिकाका लागि ३६ टेष्टमा कप्तानी गरेका छन् ।

ती मध्ये दक्षिण अफ्रिकाले १८ जित र १६ हार व्यहोरेको छ । उनले दक्षिण अफ्रिकाका लागि हालसम्म १ सय ४३ एकदिवसीय खेलमा २ शतक र ३५ शतक ५ हजार ५ सय ७ रन बनाएका छन् ।

जसमा १ बनाएका छन्। यसैगरी टि–ट्वेन्टीमा एक शतक र १० अर्धशतकको मद्दतमा १ हजार ५ सय २८ रन बनाएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);