दक्षिण अफ्रिकाबिरुद्धको चार टेष्टको शृङ्खलामा इंग्ल्याण्ड ३–१ ले विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

साउन २३ , काठमाण्डौँ । इङ्ल्यान्डले चौंथो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रिकालाई १ सय ७७ रनले पराजित गरी शृङखला ३–१ ले जितेको छ ।

इङ्ल्यान्डको ओल्ड ट्राफोर्डमा ३ सय ८० रनको लक्ष्य पछ्याएको पाहुना टोलीले २ सय २ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि हसिम अमलाले ८३ तथा फाफ डु प्लेसिसले ६१ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । पाहुना टोलीलाई सस्तैमा समेट्न मोईन अलीले ५ तथा जेम्स एण्डरसनले ३ विकेट लिए । यो जितसँगै जो रुटको कप्तानीमा रहेको इङ्ल्यान्डले ४ टेस्ट म्याचको शृङ्खला ३–१ ले जितेको छ ।
जितसँगै इङ्ल्यान्ड विश्व टेष्ट क्रिकेटको वरियतामा तेस्रो स्थानमा उक्लिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);