गारेथ बेललाई म्यानचेष्टरमा भित्र्याउन प्रशिक्षक जोसे तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

साउन २४, काठमाण्डोैँ । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले गारेथ बेललाई क्लबमा भित्र्याउन आफू तयार रहेको बताएका छन् ।

तर त्यसका लागि रियल मड्रिडले बेललाई बेच्नु पर्ने मोरिन्होको भनाई छ । बेल विश्वका धेरै राम्रा क्लब र प्रशिक्षकको नजरमा रहेको मोरिन्होले बताए । उनले बेलले रियल मड्रिडमा रहने निर्णय गरेकाले अहिलेलाई आफ्नो क्लबमा ल्याउने सम्भावना कम देखिएको बताए । बेल सन् २०१३ मा विश्व कीर्तिमानी मूल्यमा इंग्लिस क्लब टोटनह्यामबाट रियल मड्रिड गएका थिए । बेलले आफू रियल मड्रिडमा खुशी रहेको बताउँदै आएका छन् ।

उनले सन् २०२२ सम्म रियल मड्रिडमै रहने गरी नयाँ सम्झौता गरिसकेका छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);