पाकिस्तानलाई एक विकेटले हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लियो | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

पाकिस्तानलाई एक विकेटले हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लियो

काठमाण्डौ, ११ कार्तिक
आइसिसी विश्वकप क्रिकेटमा पाकिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पार्दै दक्षिण अफ्रिका शीर्षस्थानमा उक्लिएको छ ।

जितसँगै घरेलु टोली भारतलाई पछि पार्दै दक्षिण अफ्रिका अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो ।

जितको लागि २ सय ७१ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले ४७ दशमलव २ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको हो । दक्षिण अफ्रिकाका एडेन माक्ररमले ९१, डेविड मिलरले २९,क्विन्टन डि ककले २४ र रास्सी भान डर डुसेनले २१ रन बनाए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ तथा हरिस रौफ, मोहम्मद वासिम जुनियर र उस्मा मिरले २÷ २ विकेट लिए । त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले ४६ दशमलव ४ ओभरमा २ सय ७० रन बनाउला सबै विकेृट गुमायो ।

पाकिस्तानका साउद सकिलले ५२ ,कप्तान बाबर आजमले ५०, मोहम्मद नवाजले २४ र मोहम्मद रिजवानले ३१ रन बनाए । दक्षिण अफ्रिकाकाका तबरेज शाम्सीले ४ , मार्को यानसनले ३ र जेराल्ड कोट्जीले २ विकेट लिए ।

जितसँगै दक्षिण अफ्रिका ६ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । भारत ५ खेलमा १० अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ । न्युजिल्यान्ड ५ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा छ ।

अष्ट्रेलिया ५ खेलमा ६ अंकका साथ चौथो स्थानमा छ । पाकिस्तानको हारले अष्ट्रेलियालाई भने फाइदा पुगेको छ । । अष्ट्रेलियाले बाँकी सबै खेल जितेको खण्डमा सेमिफाइनलमा स्थान बनाउनेछ ।

चार मध्य एक खेल हार्दा पनि अष्ट्रेलिया १२ अंकका साथ सेमिफाइनल खेल्न सक्छ ।
पाकिस्तानको भने सेमिफाइनल यात्रा भने कठिन भएको छ ।

लगातार ४ हारपछि अब बाँकी सबै खेल जितेर मात्रै पनि पाकिस्तान सेमिफाइनलमा पुग्न अष्ट्रेलिया र इंग्ल्यान्डले बाँकी सबै खेल हार्नुपर्ने हुन्छ । ०

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);