चापेकोएन्स् र बार्सिलोनाबीच मैत्रीपूर्ण खेल, बार्सिलोना ५–० ले विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

साउन २३ , काठमाणडौँ । स्पेनिस क्लब बार्सिलोनाले गत वर्ष विमान दुर्घटनामा आफ्ना १९ खेलाडी गुमाएको ब्राजिलियन क्लब चापेकोएन्स्सँग मैत्रीपूर्ण फुटबल खेलेको छ ।

नाउ क्याम्पमा गएराति भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले चापेकोएन्स्लाई ५–० ले पराजित गरेको छ । खेलमा यहि सिजन एभर्टनबाट बार्सिलोना आएका जेरार्ड डेउलोफेउ, सर्जियो बसक्वेट्स, लियोनल मेसी, लुइस स्वारेज र डेनिस स्वारेजले गोल गरे । चापेकोएन्स्ले विमान दुर्घटनामा परेर पनि बाँच्न सफल एलन रुशेलको कप्तानीमा खेलेको थियो । विमान दुर्घटनामा परेर तीन खेलाडी बाँच्न सफल भएकामा रुशेल मात्रै मैदान फर्किन सफल भएका छन् । चापेकोएन्स्ले २५ नयाँ खेलाडी अनुबन्ध गरेर अहिले टिम पूरा गरेको छ ।
बार्सिलोनासँगको मैत्रीपूर्ण खेलमा विमान दुर्घटनामा ज्यान गुमाएका १९ खेलाडीसहित ७१ जनाको सम्झना गरिएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);