मैत्रीपूर्ण खेलमा नापोलीसँग लिभरपुल स्तब्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मैत्रीपूर्ण खेलमा नापोलीसँग लिभरपुल स्तब्ध

Napoli

एजेन्सी, १३ साउन । प्रि सिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्लिश क्लब लिभरपुल पराजित भएको छ ।

आइतबार राति भएको फुटवल खेलमा लिभरपुल इटालियन क्लब नापोलीसँग ३ – ० गोल अन्तरले पराजित भएको हो । स्कटल्याण्डमा भएको खेलमा नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्ने, आर्काडुइज मिलिक र अमिन योनिसले एक एक गोल गरे ।युरोपियन च्याम्पियन लिभरपुलविरुद्ध नापोलीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो ।नयाँ सिजनको सुरुवात अघि प्रि सिजन तयारी गर्न लिभरपुलले नापोलीसँग मैत्रिपूर्ण खेल खेलेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);