विश्व टेष्ट च्याम्पियसिप क्रिकेटको शुरुवाती तथ्यांक सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

विश्व टेष्ट च्याम्पियसिप क्रिकेटको शुरुवाती तथ्यांक सार्वजनिक

icc

काठमाडौं, १३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमवार आधिकारिक रुपमा विश्व टेष्ट च्याम्पियनसिप क्रिकेटको शुरुवाती तथ्यांक सार्वजनिक गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको विश्व टेष्ट च्याम्पियनसिप क्रिकेट यही अगष्ट एक तारिखदेखि सुरु हुनेछ । विश्व टेष्ट च्याम्पियनसिप भनिए पनि यो प्रतियोगितामा ९ राष्ट्रले मात्रै भाग लिने छन् ।

टेष्ट मान्यता पाएकै तीन राष्ट्रले पनि भाग लिन पाउने छैनन् । विश्व टेष्ट च्याम्पियनसिपमा अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, श्रीलंका, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज, इंग्ल्यान्ड र भारत रहेका छन् ।

यी ९ राष्ट्रले दुई वर्षे अवधिमा २७ सिरिजमा कुल ७१ खेल खेल्ने छन् । एकआपसमा सबै टिमले खेलिसकेपछि अंक तालिकाको शीर्ष स्थानमा रहेका दुई टिम विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्नेछ ।

फाइनल खेल २०२१ को जुन महिनामा इंग्ल्यान्डमा हुनेछ । अहिलेसम्म आईसीसीले १२ देशलाई टेष्ट नेशन राष्ट्रको मान्यता दिएको छ । यो विश्व टेष्ट च्याम्पियनसिपमा टेष्ट नेशन राष्ट्र अफगानिस्तान, आयरल्यान्ड र जिम्बाब्वेले भने खेल्न पाउने छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);