टी-२० विश्वकप एसिया छनोट: नेपाल पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

टी-२० विश्वकप एसिया छनोट: नेपाल पराजित

nepal cricket

काठमाडौं, १२ साउन । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको हार बेहोरेको छ ।

सिंगापुरसंगको पराजयसंगै नेपालको सन् २०२० को टी–२० विश्वकप खेल्ने सपना तुहिएको छ । जितका लागि १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाएका थिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २३ रन बनाएका थिए । उता कप्तान पारसले १२ रनको योगदान दिएका थिए भने सोमपाल कामीले ११ रन बनाएका थिए । मध्यक्रमका अन्य ब्याटसम्यानले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।

सिंगापुरका लागि सेलाडोर विजयाकुमारले ४ विकेट लिएका थिए । यसअघि, टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो । सिंगापुरका लागि टिम डेभिडले सर्वाधिक ७७ रन बनाएका थिए । नेपाललाई हराउँदै सिंगापुरले अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ टोलीले २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);