युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि बायर्न म्युनिखले उचाल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि बायर्न म्युनिखले उचाल्यो

एजेन्सी, ८ भाद्र । जर्मन क्लब बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

आइतबार राति डा. लुज रंगशालामा भएको खेलमा पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो ।

बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गरेका थिए । पहिलो हाफमा भने दुबै टोलीले गोलको अवसर खेर फालेका थिए ।

जितसँगै बायर्नले छैटौं पटक पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।

यसअघि बायर्नले १९७४, १९७५, १९७६,२००१ र २०१३ मा उपाधि जितेको थियो । सेमिफाइनलमा बायर्नले लियोनलाई हराएको थियो भने पीएसजीले आरबी लाइपजिगलाई हराएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);