च्याम्पियन्स लिगको ड्र सार्वजनिक, कुन समूहमा कुन टिम ? | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, कुन समूहमा कुन टिम ?

champions league

एजेन्सी, १३ भदौ । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल विभाजन सार्वजनिक गरेको छ । यससँगै यो सिजन च्याम्पियनन्स लिगमा कुन कुन क्लब आमने–सामने हुने टुङ्गो लागेको छ ।

युईएफएले समूह चरणका लागि छनोट भएका ३२ टोलीलाई ४ पटमा विभाजन गरेर ’ड्र’ गरेको हो जसअन्तर्गत ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ ।

च्याम्पियन्स लिग ड्र अनुसार गत सिजनको बिजेता लिभरपुल समूह ‘ई’ मा परेको छ । लिभरपुलसँगै यो समूहमा इटालियन क्लब नापोली, अष्ट्रियाको साल्ज्बर्ग र बेल्जियमको जेन्क छन् ।

समूह ‘ए’ मा प्रतियोगिताको सबैभन्दा सफल टिम रियल मड्रिड र फ्रान्सको पीएसजी शक्तिसाली टोलीको रुपमा रहेका छन् ।

जर्मन क्लब बायर्न म्युनिक र गत संस्करणको उपविजेता इंग्लिस क्लब टोटनह्याम समूह ‘बी’ मा परेका छन् । यस्तै इंग्लिस क्लब म्यान्चेष्टर सिटी समूह ‘सी’ मा परेको छ । समूह ‘डी’ मा इटालियन च्याम्पियन युभेन्टसका साथै स्पेनिस जायन्ट एट्लेटिको मड्रिड शक्तिसाली टोलीको रुपमा रहेका छन् ।

स्पेनिस क्लब बार्सिलोना कठिन मानिएको समुह ’एफ’ मा परेको छ । बार्सिलोना रहेको समूहमा बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्ड र इटालियन क्लब इन्टर मिलान रहेका छन् । यस्तै समुह ‘एच’ मा इङ्लिस क्लब चेल्सि र स्पेनिस क्लब भ्यालेन्सिया रहेका छन् ।

champions league draw
champions league draw

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);