उल्भर ह्याम्टन युइएफए युरोपा लिग फुटवलको समूह चरणमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

उल्भर ह्याम्टन युइएफए युरोपा लिग फुटवलको समूह चरणमा प्रवेश

football

एजेन्सी, १३ भदौ । उल्भर ह्याम्टनले युइएफए युरोपा लिग फुटवलको समुह चरणमा स्थान बनाएको छ । प्लेअफको अन्तिम खेलमा टोरीनलाई २–१ गोल अन्तरले हराउँदै समग्रमा पाँच तीनको गोलमा उसले युरोपा लिगको समुह चरणमा स्थान सुरक्षित गरेको हो ।

उल्भ्स करिब ४० बर्षपछि तीन चरणको छनोट पार गर्दै युरोपेली प्रतियोगितामा छनोट भएको हो । गएराती भएको खेलको ४० औ मिनेटमा राउल जिमेनेजले गोल गर्दै उल्भ्सलाई सुरुवाती अग्रता दिलाएका थिए । एन्ड्रिया बेलोटीले ५७ औ मिनेटमा गोल गदै टोरिनोलाई खेलमा फर्काउने कोशिश गरे ।

तर त्यसको एक मिनेटपछि लियन्डर डेन्डोनेकरले गोल गर्दै उल्भ्सको जित निश्चित गरे । पहिलो लेगको खेलमा उल्भ्सले ३–२ को जित निकालेको थियो । अब आज हुने ड्र अनुसार उल्भ्सको समूह चरणको प्रतिद्वन्दीको टुंगो लाग्नेछ । सन् १९८० पछि पहिलो पटक युरोपा लिगको समुह चरणमा पुग्न सफल भएको उल्भ्सले तीन चरण पार गर्ने क्रममा अन्तिममा टोरीनलाई पाखा लगाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);