इन्टर मिलान युरोपा लिग फुटबलको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इन्टर मिलान युरोपा लिग फुटबलको फाइनलमा

एजेन्सी, २ भदौ । इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा युक्रेनी क्लब शख्तर डोनेस्कलाई ५–० गोल अन्तरले हराउँदै इन्टरले फाईनलमा स्थान सुरक्षित गरेको हो ।

इन्टरको जितमा लौटारो मार्टिनेज र रोमेलु लुकाकुले समान दुई दुई गोल गरे । ड्यानिलो डी आम्ब्रोसियोले थप एक गोल गरे । खेलमा अग्रता इन्टरले मार्टिनेजको गोलमा १९ औं मिनेटमा लिएको थियो । ड्यानिलोले ६४ औ मिनेटमा इन्टरको अग्रता दोब्बर बनाए । मार्टिनेजले त्यसको १० मिनेटपछि ब्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–० ले अघि बढाए ।

खेलको अन्तिम समयमा ५ मिनेटको अन्तरमा दुई गोल गर्दै लुकाकुले ईन्टरलाई फराकिलो जित दिलाए । ७८ औं मिनेटमा पहिलो गोल गरेका उनले ८३ औं मिनेटमा इन्टरका लागि पाँचौ गोल गरेका थिए । इन्टर सन् २०११ पछि पहिलो उपाधिको नजिक पुगेको छ र उपाधिका लागि शुक्रबार सेभियासंग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);