प्रधानमन्त्रीकाे पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हुनुपर्छ: गगन थापा (ध्यानाकर्षण पत्रसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्रीकाे पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हुनुपर्छ: गगन थापा (ध्यानाकर्षण पत्रसहित)

gagan thapa

काठमाडाैं,२ भदाै । नेपाली कांग्रेसका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हुनुपर्ने बताउनुभएको छ । थापाले मंगलबार ७ बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै प्रधानमन्त्रीले कोरोना संकटको अनुभूति नगरे अरुले जति कराए पनि कोरोना नियन्त्रण नहुने उल्लेख गर्नुभएको छ।

ध्यानाकर्षण पत्रमा थापाले सरकारले विभिन्न निकायको लहडमा तथ्य र आधारबिना निणर्य गर्ने गरेको भन्दै त्यसलाई तत्काल रोकेर प्रधानमन्त्रीले सरकारले के गर्ने, र नगर्ने भन्नेमा स्पष्ट निर्णय लिनुपर्ने जनाउनुभएको छ । सांसद थापाले कोरोना बिरुद्धको लडाइको कमाण्डर प्रधानमन्त्री ओली भएको भन्दै तत्काल आवश्यक कदम चाल्न पनि आग्रह गर्नुभएको छ ।

उहाँले यस्तो आपत्कालीन अवस्थामा मुलुकका ७ सय ६१ सरकारहरु, सबै सरोकारवाला निकायलगायत सिंगो राज्यप्रणालीलाई चलायमान बनाएर प्रधानमन्त्री ओलीको कमाण्ड र कन्ट्रोलमा कोरोना बिरुद्धको युद्ध लड्ने वातावरण बनाउन समेत आग्रह गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);