अध्यक्ष तिमिल्सिना र रसियन राजदूत नोभिकभबीच शिष्टचार भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अध्यक्ष तिमिल्सिना र रसियन राजदूत नोभिकभबीच शिष्टचार भेट

काठमाडौं, २ भदौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि रुसी राजदूत अलेक्सइ नोबिकोभबिच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारमा अध्यक्ष तिमिल्सना र नेपालका लागि राजदूत नोबिकोभबिच औपचारिक भेटवार्ता भएको हो ।

भेटका क्रममा राजदूत नाबिकोभले नेपालको पर्यटन, उर्जा र कृषिको विकासमा मिलेर काम गर्न रुस तयार रहेको बताउनुभयो । नेपाल सरकारले विधिवत ढंगले प्रस्ताव ल्याए आफुले रुसी सरकारसँग पु¥याउने र आवश्यक सहयोग गर्ने राजदूत नोबिकोभबिचले प्रतिवद्धता व्यक्त गर्नुभएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

भेटमा दुई देशबीच कोरोना महामारी नियन्त्रणको लागि गरिएका प्रयासका सम्बन्धमा समेत छलफल भएको थियो । अध्यक्ष तिमिल्सिनाले रुसले कोरोना भाइरसको खोप निर्माण गरी परीक्षण सफल गरेकोमा बधाइ दिदै छिट्टै नै विश्व स्वास्थ्य संगठनको मान्यता पाउने विश्वास व्यक्त गर्नुभयो ।

भेटका क्रममा राजदूत नोभिकभले नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापनादेखि सुमधुर सम्बन्ध रहेको बताउँदै नेपालको विकासका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अडर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने बताउनुभयो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);